Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

तेस्रोलिंगीलाई ‘अन्य’ लेखेर रसुवामा पहिलोपटक दिइयो नागरिकता

२०७८-०७-१० २०७८-०७-१०

रसुवामा तेस्रोलिंगीलाई ‘अन्य’ लेखेर पहिलोपटक नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्लाको कालिका गाउँपालिका– १ का तेस्रोलिंगीलाई ‘अन्य’ लेखेर नागरिकता दिएको हो । सोमबार सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले १७ वर्षीय तेस्रोलिंगीलाई ‘अन्य’ लेखेर नागरिकता प्रदान गरेकी छिन् ।  

जिल्लाको कालिका गाउँपालिका– १ बस्ने योछिरिङ तामाङ र नेवाङकाे तामाङबाट जन्म भएकी पेमा बुट्टी तामाङलाई लिंगको महलमा ‘अन्य’ लेखी नेपाली नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताइन् । जिल्लामा तेस्रोलिंगीलाई ‘अन्य’ लेखेर नागरिकता दिएको यो पहिलो रहेको उनले बताइन् । ‘उहाँहरू आफैँ नागरिकता बनाउन आउनुभएको हो, सुरुमा यस्तो छ, नागरिकता पाइन्छ कि पाइँदैन भनेर भन्नुभएको थियो, घटना दर्ता गर्न सचिवले पनि सोध्नुभएको थियो, हामीले पाइन्छ हुन्छ भन्यौँ,’ उनले भनिन्, ‘जन्मदर्तामा पनि तेस्रोलिंगी भनेर खुलाइएको हुँदा रसुवा अस्पतालले पनि तेस्रोलिंगी हो भनेर प्रमाणीकरण गरेपछि तेस्रोलिंगी वा अन्य के पहिचान लिने भनेर रोजाएका थियौँ, अन्य भन्ने रोजेपछि ‘अन्य’ भनी हामीले उहाँलाई नागरिकता दिएका छौँ ।’

पेमाबुट्टी ०६१ भदौ १५ गते जन्मिएकी हुन् । आवाज केटाको रहेको उनलाई परिवारमा भने  छोरीको दर्जा दिइएको बताइएको छ । उनीजस्तै जिल्लामा यस्ता व्यक्तिहरू अरू पनि रहेको सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताइन् । ‘यो मानवीय प्रकृतिको हो, कोही पनि आफ्नो नागरिक हुने अधिकारबाट वञ्चित हुन नपरोस् भनेर उहाँलाई हामीले बढी प्रश्रय दिएका हौँ, सरकारबाट आउने केही सेवा सुविधा भएमा हामीले दिन्छौँ भनेका छौँ,’ उनले भनिन् ।

जिल्लामा अरू पनि यस्ता व्यक्तिहरू लिंग ‘अन्य’ भनेर नागरिकता लिन आएमा सरकारले सहयोग गर्ने उनको भनाइ छ । भोलि सरकारले दिने सेवा सुविधा, उनीहरूले पाउने हकअधिकारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य लिइएको उनको भनाइ छ । जिल्लामा यस्ता व्यक्तिहरू रहेकाले खुलेर नागरिकता लिन आउन जिल्ला प्रशासन कार्यालय रसुवाले अनुरोध गरेको छ ।

नेपालको संविधानमा तेस्रोलिंगीको पनि पहिचानसहितको नागरिकता पाउने व्यवस्था गरिएको छ । नागरिकता बनाउनका लागि महिला, पुरुषको ठाउँमा अन्य भएमा ‘तेस्रोलिंगी’ र ‘अन्य’मध्ये एउटा रोज्न पाइन्छ । जन्मदर्ता र सरकारी अस्पतालबाट तेस्रोलिंगी हो भन्ने प्रमाणित गरेपश्चात् जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रदान गर्ने गर्दछ ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा