सडक दुर्घटना सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रमः
२०८१-०६-१६
२०८१-०६-१६
जिल्ला विपद् व्यवस्थापन समितिको सहयोग श्री सशस्त्र प्रहरी बल नेपाल, नं. २० गुल्म हे.क्वा., रसुवाको समन्वयमा जिल्ला प्रहरी कार्यालय, गोसाईकुण्ड गाउँपालिका(स्वास्थ्य शाखा), नेपाल रेडक्रश, रसुवा अस्पतालद्वारा सडक दुर्घटना सम्बन्धी कृतिम अभ्यास कार्यक्रम सम्पन्न।
कार्यक्रममा भीरबाट खसेको यात्रु वाहक सवारी साधनभित्र रहेको घाईते यात्रुलाई घटनास्थलमा पुगी तत्काल घाईतेको बर्गीकरण गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्ताल पुर्याईएको अभ्यासमा समेटिएको थियो।
कार्यक्रम निमित्त प्र.जि.अ. सरस्वती अधिकारीज्यूको प्रमुख आतिथ्यतामा सरोकारवालाहरुको उपस्थितिमा गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ स्थित धुञ्चे खेल मैदानमा सम्पन्न भएको।
