Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

न्यून व्यान्डविथ Invert Color A- A A+

सेवाग्राही महानुभावहरुमा जरुरी सूचना

2075-07-15

2075-07-15


 

१. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा बापत सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन ।

२. जिल्ला प्रशासन कार्यालयको कामको लागि भनी कोही कसैलाई चिन्न भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन ।

३. जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुसँग राम्रो सम्बन्ध छ भनी हामी काम मिलाई दिन्छु भन्दै बिचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेको थाहा पाएमा कार्यालयका अधिकृतहरुलाई सूचना दिनुहोस ।

४‍. कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस ।

५. जिल्ला प्रशासन कार्यालयका कर्मचारी कानुन बमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील छन् । तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो ।

६. स्थानीय तह वा अन्य निकायबाट प्रक्रिया पुरा गरी सिफारिस भई आएको वा लेखी आएको काममा थप निवेदन लेखी रहनु पर्दैन ।

७. ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र विपन्नहरुको लागि प्राथमिकताका साथ सेवा उपलब्ध हुन्छ । त्यसका लागि सहायता कक्ष (Help Desk) मा सम्पर्क राख्नुहोस ।

८. सहायता कक्ष (Help Desk) का कर्मचारीहरु तपाईको काममा सहजीकरण गर्न तत्पर छन् । 

९. कार्यालयसँग सम्वन्धी थप जानकारी आवश्यक परेमा र यस कार्यालयको विभिन्न गतिविधि, सूचना तथा समाचार समेतकाे जानकारी वा कुनै पनि प्रकारको गुनासोहरुका लागी यस कार्यालयको वेभसाइट daorasuwa.moha.gov.np वा Facebook page https://www.facebook.com/daorasuwa वा www.twitter.com/@Rasuwadao मा गई हेर्न सक्नुहुनेछ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:47:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा .