Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सेवाग्राहीको चाप बढेपछि अबेरसम्म सेवा दिँदै जिल्ला प्रशासन कार्यालय रसुवा

२०७८-०७-१० २०७८-०७-१०

Rasuwa_Prasasan2021_10_26_03_04_55.jpeg तस्बिर :

जिल्ला प्रशासन कार्यालय रसुवामा सेवाग्राहीको चाप बढेको छ। दसैँ सकिएर कार्यालय खुलेसँगै नागरिकता र पासपोर्ट बनाउने सेवाग्राहीको चाप बढेको हो।

सेवाग्राहीको चाप बढेसँगै साँझ अबेरसम्म सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए। उनका अनुसार डिभी भर्न र वैदेशिक रोजगारका लागि राहदानी बनाउनेको चाप बढेपछि कार्यालयले सेवा अवधि बढाएको हो। बेलुकी सवा ६ बजेसम्म सेवा प्रवाह भइरहेको उनले बताए। ‘कार्यालयको समयावधि सकिए पनि सेवाग्राही धेरै टाढाबाट आइरहनुभएको हुन्छ। कार्यालय समयावधि सकिए पनि सेवाग्राही रहुन्जेलसम्म हामीले सेवा दिइरहेका छौँ,’ उनले भने।

पछिल्लो समय दैनिक सयभन्दा बढी सेवाग्राही कार्यालयमा आइरहेको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताइन्। छोरीको नागरिकता बनाउन सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा आएका सेवाग्राही जिल्लाको कालिका गाउँपालिका– १ राम्चेका सोमबहादुर तामाङले भने, ‘छोरीको नागरिकता बनाउन ११ बजे आएको, तीन बज्यो अझै पालो आएको छैन। धेरैजना हुनुहुन्छ, भित्र काम सबैको भइरहेको छ। यस्तो लाइन काठमाडाैंमा लाइसेन्स बनाउनेका लागि मात्र देखेको थिएँ। अहिले यहाँ पनि देखियो।’
 
कार्यालयले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र बाँकी महिना बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गर्ने गरेको छ। चिसो मौसम कम भएपछि बिहान पनि चाँडै सेवा सुरु गरिने प्रमुख जिल्ला अधिकारी जैसीले बताए। कार्यालयमा आएका सेवाग्राहीलाई छिटो र सहज तरिकाले सेवा प्रवाह गर्ने उनले बताए।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा