Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

रसुवामा ९० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

२०७८-०७-१५ २०७८-०७-१५

Rasuwa_naya20202020_11_26_11_12_36.jpeg तस्बिर :

रसुवामा ९० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोप लगाउन योग्य १८ वर्षमाथिका ९० प्रतिशतले कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी पूर्ण खोप लगाएका हुन् । 

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा ४४ हजार नौ सय ८१ जनसंख्या छ । जसमध्ये १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य २९ हजार एक सय ६ जना रहेका छन् । जसमध्ये २८ हजार नौ सय ३६ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन् । जुन ९९ दशमलव ४१ प्रतिशत हो । अब एक सय ७० जनालाई कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए । 

कोरोनाविरुद्धको पहिलो मात्राको कोभिसिल्ड खोप तीन हजार दुई सय ८० जनाले पाएका छन् । २० हजार ५२ जनाले भेरोसेलको पहिलो मात्राको खोप पाएका छन् । तीन हजार ६ सय चारजनाले एस्ट्राजेनेकाको खोप पाएका छन् भने एक मात्रा मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन दुई हजारले लगाएका छन् । 

कोरोनाविरुद्धको दोस्रो मात्राको कोभिसिल्ड खोप एक हजार ३० जनाले पाएका छन् । १९ हजार २८ जनाले भेरोसेलको दोस्रो मात्राको खोप पाएका छन् । एक मात्रा मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन खोप दुई हजारलाई लगाइएको जनाइएको छ । चार हजार एक सय ३९ जनाले एस्ट्राजेनेकाको खोप लगाइएको जनाइएको छ । करिब १२ सय जनालाई कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको चालिसेले बताए । 

गत १६ भदौदेखि पहिलो मात्राको भेरोसेल खोप लगाएका व्यक्तिहरूले २१ दिनपछि दोस्रो मात्राको खोप पाएका थिए ।  एस्ट्राजेनेकाको पहिलो मात्राको खोप लगाएको ८ हप्ता पछि मात्र नागरिकले दोस्रो मात्राको खोप पाएका छन् ।  

असोज महिना भित्र १८ वर्षमाथिका योग्य सबैलाई कोभिड– १९ विरुद्धको पूर्ण खोप लगाउने स्वास्थ्य कार्यालय रसुवाको लक्ष्यपछि धकेलिएको छ । दुई महिनापछि मात्र दोस्रो खोप लगाउनुपर्ने भएकाले लक्ष्यअनुसार पूर्ण खोपयुक्त जिल्ला निर्माणमा ढिलाइ भएको बताइएको छ । 

खोप लगाउन बाँकीलाई लगाउने खोप जिल्लामा पर्याप्त रहेकाले कात्तिक अन्तिमसम्ममा पूर्ण खोपयुक्त जिल्ला हुने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा