3 महिना अगाडी
2077-08-11
लैंगिक हिंसा अन्त्यका लागि रसुवामा हस्ताक्षर संकलन अभियान सुरु भएको छ । बुधबारदेखि सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा हस्ताक्षर संकलन अभियान सुरु भएको हो । ‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ बिहीबारदेखि यस कार्यालयमा हस्ताक्षर संकलन अभियान सुरु भएको छ । लैंगिक हिंसाविरुद्ध सदैव अग्रसर रहने प्रतिबद्धतासहित प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले पहिलो हस्ताक्षर गरी अभियानको सुरुवात गरेका थिए । महिला अधिकारकर्मी, कर्मचारी, प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले समेत लैंगिक हिंसा अन्त्य गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका थिए । हस्ताक्षर अभिया यस कार्यालयमा १६ दिनसम्म जारी रहने छ ।