2076-07-04
2076-07-04
जनगणतन्त्र चीन सरकारको स्वशासित क्षेत्र तिब्बत अन्तर्गत जिलोङ काउन्टीको निमन्त्रणामा अन्तर्राष्ट्रिय सीमा व्यापार, संस्कृति तथा पर्यटन मेला उदघाटन समारोह (International Border Trade Culture and Tourism Festival Opening Ceremony) मा समकक्षी रसुवा जिल्ला प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्वमा सुरक्षा निकायका प्रमुख सहित मिति २०७६ कार्तिक ०३ (October 20, 2019) गते सहभागिता भयो । उक्त कार्यक्रममा नेपालको तर्फबाट ललितकला र हस्तकलाका २३ भन्दा बढी बिक्री स्टलहरु समावेश भएका र उदघाटन कार्यक्रममा नेपालको तर्फबाट संस्कृति झल्कने प्रस्तुती समेत भएको थियो । उक्त भव्य कार्यक्रम जिलोङ काउन्टीका नगरस्तरीय पार्टी स्थायी समितिका सदस्य Pa Zhu, जिलोङ काउन्टीका मजिष्ट्रेट Hu Hong, रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीज्यू लगायतले सामुहिक रुपमा उदघाटन गर्नुभयो ।
यस कार्यक्रमको अवसरसँगै २०७६ कार्तिक ०३ गते (October 20, 2019) मा रसुवा जिल्ला प्रशासनको समकक्षी जिलोङ काउन्टी अन्तर्गतका केरुङ भन्सार र तिब्बत प्रवेश र प्रस्थान अध्यागमन स्टेशन (Tibet Entry and Exit Immigration Station) सँग Side Event को रुपमा छुट्टाछुट्टै अनौपचारिक बैठक छलफल समेत सम्पन्न भएको छ । उक्त छलफलमा रसुवा जिल्लामा उत्पादित आलु, कागती, सिमी, मुसुरो दाल, हरियो सागपात जस्ता अर्ग्यानिक कृषिजन्य उत्पादन र रसुवा जिल्लामै निर्माण भएका हस्तकला सामग्री चीनको केरुङसम्म व्यापारिक प्रयोजनका लागी निर्यात गर्ने, केरुङसँगै सीमा जोडिएको गोसाईकुण्ड गाउँपालिकासँग भगिनी सम्बन्ध कायम राख्ने, नेपाली ट्रक कन्टेनर सवारी चालक र सीमा सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई आवश्यकता अनुसार चीनियाँ र नेपाली आधारभूत भाषाज्ञान र कानूनी विषयको ज्ञान सिकाउने, सीमा क्षेत्रमा रहेका समस्यालाई प्रभावकारी समन्वय समाधान गर्न तयार भएको प्रोटोकलको कार्य प्रगति र दुवै सीमाक्षेत्र स्तरमा हुन सक्ने समसामयिक प्राविधिक सहयोगको विषयमा छलफल केन्द्रित भएको थियो ।
प्रस्तुत अनौपचारिक बैठक तथा छलफल अत्यन्त सकारात्मक भएको र आ-आफ्नो तर्फबाट थप तयारी गर्ने विषयमा दुवै पक्षबीच साझा बुझाई रहयो । उक्त छलफलमा जिलोङ काउन्टी अन्तर्गत केरुङ भन्सार(Keyrong Customs) का उप-प्रमुख Chilai Pangcuo, व्यवस्थापन विभाग प्रमुख Wen Lixing र केरुङ अन्तर्राष्ट्रिय व्यापार बजारका प्रबन्ध निर्देशक Liu Lin तथा तिब्बत प्रवेश र प्रस्थान अध्यागमन स्टेशन (Tibet Entry and Exit Immigration Station) का स्टेशन प्रमुख Gao HuiHai र उप-प्रमुख Yang Yubin र Liang को उपस्थिती रहेको थियो भने समकक्षी नेपाल रसुवा जिल्ला प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीज्यूको नेतृत्वमा प्रमुख भन्सार अधिकृत पुण्य बिक्रम खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण थापा, किरण पौडेल, प्रहरी निरीक्षक खेमप्रसाद नेपाल (सीमा प्रहरी चौकी) लगायतको उपस्थिती रहेको थियो ।
कार्तिक ०४, २०७६
| फाईलको नाम | डोउनलोड |
|---|---|
| प्रेस-विज्ञप्ती |