Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ नापियो

२०७८-०७-०२ २०७८-०७-०२

gosaokunda2021_10_18_09_05_57.jpeg तस्बिर :

रसुवाको धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ नापिएको छ । पर्यटन मन्त्रालयअन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ नापेको हो । अनुसन्धानकर्ता वासुदेव न्यौपानेको नेतृत्वमा गएको चारजनाको टोलीले गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ नापेर फर्किएको छ । 

डुंगामा तालको छेउ, कुना, बीच सबै भागमा गएर गहिराइ नापिएको अनुसन्धानकर्ता वासुदेव न्यौपानेले बताए । ‘गोसाइँकुण्ड र भैरवकुण्डको सबै कुनाकुनामा, बीचमा ट्रान्जेक्ट राखेर, कुण्डको सबै क्षेत्र कभर होस्, कुनैप नि ठाउँ नछुटोस् भनेर तालको सबै क्षेत्र, कुनाकाच्चा, बीचको सबै भाग कभर हुने गरी फरकफरक बिन्दुहरूबाट त्यसको गहिराइ नापेका छौँ,’ उनले भने, ‘डुंगा चलाएर गहिराइ नापेका छौँ ।’ 

नयाँ प्रविधि डेप्थ साउन्डर मेसिनको प्रयोग गरी गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ नापिएको उनले बताए । ‘हामीले यसरी तालको गहिराइ नापेको नयाँ प्रविधि डेप्थ साउन्डर मेसिनबाट हो, यो मेसिनले अल्फा फोनिक साउन्ड निकाल्छ । यो मानिसले सुनिँदैन, त्यो साउन्ड पानीको सतह छुवाइदिएपछि साउन्ड पानीभित्र फाल्छ, जमिनमा ठोक्किएपछि फिर्ता पठाउँछ, हामीले प्रयोग गरेको एडभान्स टेक्नोलोजी हो,’ नयाँ पत्रिकासँग उनले भने ।  

गोसाइँकुण्डमा ७२ स्थानबाट र भैरवकुण्डमा ७० स्थानबाट गहिराइ नापिएको उनको बताए । कुण्डको गहिराइ नापिए पनि यसको रिपोर्ट आउन केही समय लाग्ने उनले बताए । ‘अहिले हामीसँग ‘र’ डाटा छ, ठ्याक्कै गहिराइ कति छ भन्ने कुरा डाटा  लिएर आयौँ, तर त्योचाहिँ हामीले जिआइएसमा राखेर त्यो डाटा प्रफेस गर्नुपर्छ, यो डाटा प्रफेस गरेपछि मात्र त्यसको गहिराइ कति भन्ने आउँछ,’ उनले भने, ‘अहिले हामीले प्रफेस नगरेसम्म ‘र’  डाटाको आधारमा भन्न सकेनौँ, अहिने भनेकोभन्दा पछि रिपोर्ट आइसकेपछि बढी हुन पनि सक्छ कम हुन पनि सक्छ,’ उनले भने, ‘दसैँ सकिएलगत्तै डाटा प्रफेस गर्छौँ,  अनि कुन ठाउँमा बढी गहिरो, कुन ठाउँमा अलिकति कम, गहिराइ छ भन्ने देखिन्छ ।’ 

डिसेम्बरभित्रमा पर्यटन मन्त्रालयअन्तर्गतको माउन्टेन एकेडेमीलाई प्रतिवेदन बुझाउनुपर्ने उनले बताए । तर, एक महिनाभित्रमा फाइनल प्रतिवेदन तयार पार्ने उनको भनाइ छ । 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा