10 महिना अगाडी
2077-01-02
हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको Novel Corona Virus (COVID-19) को उच्च संक्रमण जोखिमलाई मध्यनजर गरी यस कार्यालयबाट अत्यावश्यक कार्य वाहेक सवारी पास वितरणमा रोक लगाईएको व्यहोरा सबैलाई विदितै छ । लकडाउनको समयमा अत्यावश्यक सेवा सञ्चालन र आवागमन कार्यलाई थप व्यवस्थित गर्न र यस कार्यालयबाट जारी गरिने सवारी साधन अनुमति वितरणको कार्यलाई थप सहज, सरल र सुव्यवस्थित बनाउन मिति २०७७/०१/०३ गतेदेखि अत्यावश्यक सेवा सञ्चालन र आवागमन कार्यका लागि सबै प्रकारका सवारी साधन अनुमतिलाई e-pass को माध्यमबाट मात्र वितरण हुने भएकाले सम्बन्धित सबैमा जानकारीका लागि सूचित गरिन्छ । साथै e-pass को लागि अनुमति दिने सम्बन्धमा निम्नानुसार प्रकृया अवलम्वन गर्नुपर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
Attached Files