नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रसुवा

  • प्रमुख जिल्ला अधिकारी ज्यूकाे विदार्इ सम्पन्न २०७४-४-३०

    मिति २०७३ मंसिर २९ गते देखि यस जिल्लाकाको प्रमुख जिल्ला अधिकारीकाे पदमा रहनु भएकाे चाेमेन्द्र न्याैपाने ज्यूकाे गृह मन्त्रालयमा सरूवा हुनु भएकाेले कर्मचारी मिलन केन्द्र र जिल्ला प्रशासन कार्यालय, रसुवा कर्मचारी परिवारकाे तर्पफबाट अाज मिति २०७४ श्रावण ३० गतेएक कार्यक्रम गरि विदार्इ सम्पन्न भएकाे छ । विदार्इ समाराेहकाे अध्यक्षता कर्मचारी मिलन केन्द्रकाे अध्यक्षले गर्नु भएकाे थियाे भन्ने समारेाहमा जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख तथा प्रतिनिधिहरू, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि नागरिक समाजका अगुवा, जिल्ला प्रशासन कार्यालयका सम्पूर्ण कर्मचारी तथा अन्य अागन्तुकहरूकाे उपस्थित रहेकाे थियाे ।

  • उत्तरगया -४ पैरेबेशीमा पहिरो २०७४-४-२३

    मिति २०७४/०४/२२ गते राती परेको अविरल वर्षाले जिल्ला रसुवा उत्तरगया -४ पैरेबेशीमा पहिरोमा परि मानिस सहित घरहरू पुरिएको ।     मिति २०७४/०४/२२ गते राती २२ः२० बजेको समयमा जिल्ला रसुवा, उत्तरगया गाउँपालिका वडा नं ४ पैरेबेशी भन्ने स्थानमा अविरल वर्षाका कारण पहिरो आई उक्त पहिरोमा परी धर्म थापाको घर पुरिँदा ७५ वर्षीय धर्म थापा, उनको बुहारी ३३ वर्षकी मुना थापा मगर, नाती ४ वर्षका रविन थापा मगर र निजको घरमा काम गर्न बसेका ७८ वर्षका भक्त बहादुर नगरकोटी सहित ४ जना घरभित्रै पुरिएका छन् । पहिरोमा परी घाइते ४० वर्षकी विन्दा थापामगरलाई उपचारका लागि त्रिशुली लगिएको छ भने अन्य ३…

  • एकिकृत घुम्ती सेवा शिविर सम्बन्धी जरूरी सूचना २०७४-४-१९

    एकिकृत घुम्ती सेवा शिविर सम्बन्धी  जरूरी सूचना रसुवा जिल्लाका दक्षिणी भेगका गाउँपालिकाहरु नौकुण्ड, कालिका र उत्तरगयाका सर्वसाधारणको घरदैलोमा सेवाप्रवाह गर्ने उद्देश्यले यही मिति २०७४ श्रावण २१ र २२ गते कालिका गाउँपालिकाको कालिकास्थानमा एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गरीने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय र लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालयबाट समेत सेवा उपलब्ध हुने व्यहाेरा जानकारी गरार्इनछ ।  

  • नेपाल र चीन बिचकाे सुरक्षा बैठक सम्पन्न २०७४-४-१४

    नेपाल र चीन बिचकाे सुरक्षा बैठक सम्पन्न रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको नेतृत्वमा चिनको जिलोङ काउन्टीका स्थानीय सुरक्षा अधिकारी कर्णेल गाओ हुइहाइ लगायत भन्सार, क्वारेन्टाईन तथा अध्यागमनका अधिकारीसँग मिति २०७४।०४।१४ (२९ जुलाई २०१७) गतेका दिन रसुवा धु न्चे मा सुरक्षा बैठक सम्पन्न भयो । उक्त बैठकमा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले नेपाल र चीन बीच सञ्चालनमा रहेको एक मात्र रसुवागढी नाकाको व्यापार व्यवसायको आयतन वृद्धि हुदै गएको तर रसुवावासीले मात्र पासका आधारमा प्रवेश पाउने व्यवस्थाले यस नाकाबाट व्यापार व्यवसाय गर्ने ठूलो समुदाय, व्यापारको सम्भाव्यता अध्ययन गर्न आउने समुदाय, कामदार लगायतलाई कठिनाई भएको हुँदा जिल्ला प्रशासन कार्यालयबाट…

  • बजार अनुगमन २०७४-४-६

            जिल्ला प्रशासन कार्यालय, रसुवाले सदरमुकाम धुन्चेमा खाद्य सामाग्रीहरुको बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलको संयोजकत्वमा नेपाल प्रहरी, नागरिक समाजका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि स्थानिय पत्रकार समेतको सम्मिलित टोलीले होलसेल तथा खुद्रा पसलमा अनुगमन गरी म्याद नाघेका सामाग्री जफत गरी नष्ट गरेको छ ।         अनुगमनका क्रममा अधिकांस पसलले म्याद नाघेका सामाग्री बिक्री गरेको पाईएको थियो । यस सम्बन्धमा अब उपरान्त म्याद नाघेका खाद्यान सामाग्री बिक्री नगर्ने चेतावनी दिँदै केहि व्यापारीलाई यस कार्यालयमा हाजिर हुन भनिएको…

  • र‍ न‍‍ ५४ सम्मकाे MRP लिन अाउनुहुन सम्बन्धी सूचना २०७४-५-२०

    रसिद नम्बर ५४ सम्मकाे राहदानी तयार भइ अार्इसकेकाे हुँदा सम्बन्धित व्यक्तिले सक्कल नागरिकता र रसिद लिर्इ  यस कार्यालयमा सम्पर्क राख्नु हुन सूचित गरिन्छ  ।

  • सवारी खरिद सम्बन्धमा २०७४-५-२७

    नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय, रसुवा    सवारी साधन खरिद सम्बन्धमा  प्रथम पटक प्रकाशित मिति: २०७४।०५।२८   यस कार्यालयलाई आवश्यक भएको देहाय बमोजिमका सवारी साधन सार्वजनिक खरिद ऐन,२०६३ को दफा ८ को उपदफा (१)(क)(८) तथा सार्वजनिक खरिद नियमावली,२०६४ को नियम ३१ख बमोजिम त्यस्तो सवारी साधन उत्पादक कम्पनी वा सो को आधिकारिक विक्रेताहरु विच मात्र प्रतिस्पर्धा गराउने (क्याटलग सपिङ्ग) विधिबाट खरिद गर्नुपर्ने भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ ख को उपनियम २ अनुसार देहाय बमोजिमको स्पेशिफिकेशन, गुणस्तर, मूल्य र सुविधा सहितको विवरण(क्याटलग वा ब्रोसर) संलग्न राखि यो सूचना प्रकाशित भएको मितिले १० (दश) दिन भित्र यस कार्यालयमा निवेदन दर्ता गर्न हुन सम्बन्धित उत्पादक वा आधिकारिक…

  • जिल्ला दैवि प्रकोप उद्दार समितिDDRC) रसुवा,को मिति २०७४-४-२४

    जिल्ला दैवि प्रकोप उद्दार समितिDDRC) रसुवा,को मिति २०७४।०४।२४  गतेको वैठकमा गरीएको निर्णयहरु

  • मनसुन पुर्वतयारी कार्ययाेजना, २०७४ २०७४-४-२

    मनसुन पुर्वतयारी कार्ययाेजना, २०७४

  • जिल्ला दैवि प्रकोप उद्धारसमितिको निर्णय २०७४-३-२२

    मिति २०७४।०३।२१ मा बसेको जिल्ला दैवि प्रकोप उद्धार समितिको निर्णय



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय