राहदानी घरदैलै सेवा सम्बन्धी समझदारी (Memorandum of Understanding-MOU)
9 days ago
2083-02-20
सरकारी सेवा (राहदानी) हुलाकमार्फत घरदैलोमा पुर्याउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, रसुवा र जिल्ला हुलाक कार्यालय, रसुवा बीच भएको समझदारी भएको।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति 2082 चैत्र 13 को बैठकबाट स्वीकृत "शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची" को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने र हुलाक सेवालाई (Government Courier Service) को रूपमा विकास गर्ने उद्देश्य प्राप्तिका लागि यो समझदारी गरिएको छ।
