मिति २०७७।१०।१४ गते कोभिड-१९ विरुद्धको खोप अभियान शुरु यस जिल्लामा समेत शुरु भएको छ । स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख श्री किरण श्रेष्ठले पहिलो पटक खोप लगाई यो अभियान शुरु गर्नु भएको हो । खोप अभियान जिल्लामा ५ दिनसम्म रसुवा अस्पतालमा हुनेछ र उक्त अवधिमा ५०० जनालाई खोप लगाईनेछ । स्वास्थ्य कार्यालय, रसुवाको आयोजनामा रसुवा अस्पताल, धुन्चेमा प्रमुख जिल्ला अधिकारी, श्री हरि प्रसाद पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । ब्यानर खोली ब्यानरमा लेखिएको शब्दहरु पढी कार्यक्रमको शुरुआत जिल्ला समन्वय समितिका प्रमुख श्री कुल प्रसाद भट्टले गर्नु भएको थियो । कार्यक्रमको विषय र उदेश्य माथि स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख जनस्वास्थ्य अधिकृत श्री किरण श्रेष्ठले गर्नु भएको थियो । मिति २०७७।१०।१३ गते कोभिड-१९ खोप अभियान सम्बन्धी जिल्ला समन्वय तथा अनुगमन समिति, रसुवाको बैठक बसी भारतको सेरम इन्स्टिच्युट प्रा.लि.द्वारा उत्पादित र भारत सरकारको अनुदान सहयोगमा नेपालकोलागि प्राप्त भएको कोभिशिल्ड खोपको शुभारम्भ माघ १४, २०७७ बाट गर्ने निर्णय भएको थियो । कोभिड-१९ खोप अभियान सम्बन्धी जिल्ला समन्वय तथा अनुगमन समिति प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, रसुवा अस्पतालका प्रमुख सदस्य र स्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव रह्ने प्रावधान रहेको छ ।