Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

धुन्चे, रसुवा (बागमती प्रदेश, नेपाल)

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

धुन्चे, रसुवा (बागमती प्रदेश, नेपाल)

कानको मुन्द्रा चोर्न बालिकाको विभत्स हत्या, १९ वर्षीया सपना पक्राउ

2 महिना अगाडी

2077-08-24


६ वर्षीया बालिकाको अपहरणपछि हत्या भएको छ ।  रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हो । ग्राङ प्रा.वि.मा अध्ययनरत सुमिना मंसिर २१ गते आइतबारदेखि हराएकी थिइन् । सोही दिन विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले बालिकाको खोजी गर्नका लागि प्रहरीमा निवेदन दिएका थिए । एक जना अपरिचित महिला बालिकासँग हिँडेको हल्ला फैलिएपछि बालिकाको परिवारले अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी दिएको थियो । प्रहरीले बालिकाको खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा सुमिनाको शव मंगलबार भेटियो । प्रहरीका अनुसार, बालिकाको झोला, चप्पल र शवनजिकै झाडीमा रहेको र शवभन्दा केही तल निलो प्लास्टिकभित्र चाउचाउको प्याकेटसमेत भेटिएको थियो । १९ वर्षीया सपना पक्राउ बालिकाको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई पक्राउ गरेको छ । सपनाले प्रहरीसमक्ष सुमिनाको हत्या गरेको स्वीकार गरिसकेकी छन् । प्रहरीका अनुसार, 'सपनाले चाउचाउ खान दिएर बालिकालाई (फकाएर) एकान्तमा लगिन् । बालिकाको कानका मुन्द्रा निकालिन् । बालिकाले परिवारलाई भनिदिने डरले त्यसपछि डोरीले घाँटी कसेर हत्या गरिन् ।' बालिकाले लगाएको सुनको मुन्द्रा चोरी गर्ने उद्देश्यले सपनाले अपहरण गरी एकान्त ठाउँमा लगेर घाँटीमा डोरी कसी हत्या गरेका थिए । हत्यापछि सुमिनाले लगाएको स्कुलको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालिदिएको सपनाले प्रहरीसमक्ष बताएकी छिन् ।