2075-08-04
2075-08-04
अपाङ्ता भएका व्यक्तिहरुको परिचय-पत्र साविकमा महिला तथा बालबालिका कार्यालयबाट वितरण हुने गरेकोमा हाल उक्त कार्यालय खारेज भई स्थानीय तहमा समायोजन भई सकेकाे र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले समेत अपाङ्गता परिचय-पत्र स्थानीय तहबाटै वितरण गर्ने व्यवस्था गरेअनुसार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट जारी गरिएको "अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि(नमूना), २०७५ अनुसार सबै स्थानीय तहहरुले आ-आफ्नो कार्यविधि तर्जुमा /स्वीकृत गरी अपाङ्गता परिचय-पत्र व्यवस्थापन गर्नु/गराउनु हुन अनुरोध छ ।
साथै अपाङ्गता भएका व्यक्तिहरुले परिचय-पत्र प्राप्तिका लागि उप्रान्त सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।
अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि (नमूना), २०७५ यसै साथ संलग्न छ ।
फाईलको नाम | डोउनलोड |
---|---|
अपाङता |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा
Powered By: ProActive Developers