Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

धुन्चे, रसुवा

Visit Nepal 2020 - Ministry of Home Affairs

एकिकृत घुम्ती सेवा शिविर सम्पन्न

3 महिना अगाडी

2076-02-03


54717237060674168_841389969545485_6379152493380632576_n.jpeg तस्बिर :

जिल्ला प्रशासन कार्यालय, रसुवाको संयोजनमा जिल्लाबाट प्रदान गरिने विभिन्न सरकारी कार्यालयका सेवाहरु स्थानीय स्तरमै गई सेवा प्रदान गरिने उदेश्यले उत्तरगया गाउँपालिका वडा नं. २ डाडाँगाउँमा जेष्ठ २ गते एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविरबाट ९६ जनाले नयाँ नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । १२३ ले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् । घुम्ती शिविरमा नेपाली सेना श्री कालीजंग गण, रसुवाले विपद् सम्वन्धी, बिष्फोटक पदार्थबाट जोगिन सुरक्षाका उपाय सम्बन्धी विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरिएको । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरीले सडक दुर्घटना र ट्राफिक नियमसँग सम्बन्धित जनचेतना लगायतको कार्यक्रम प्रस्तुत गरिएको थियो ।त्यसैगरी डिभिजन वन कार्यालयले वन र वन पैदावर लगायत वातावरण स‌ंरक्षण सम्बधि जानकारी एवं परामर्श सेवा, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले स्वास्थ्य परामर्श सेवा, स्वास्थय चेकजाँच औषधि वितरण गरिएको । सामुदायिक आँखा केन्द्र(तिलगंगा आँखा केन्द्र) रसुवाबाट आँखा जाँच सेवा परामर्श तथा औषधि वितरण गरिएको थियो भने कृषि ज्ञान केन्द्रले कृषि सम्बन्धि राय परामर्श, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुको चेक जाँच एवं राय परामर्श, हुलाक कार्यालयले हुलाक टिकटको वितरण र घरेलु तथा साना उद्योग विकास समितिले व्यवसाय दर्ता तथा इजाजत पत्र वितरण तथा अनुगमन लगायतका सेवाहरु प्रदान गरेका छन् । घुम्ती सेवा शिविरमा सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरिएको थियो ।